महाकुलुङ : पेल्माङका १ सय ७० परिवारलाई चामल बितरण



सोलुखुम्बु, १४ माघ। जिल्लाको महाकुलुङ गांउपालिका वडा नम्बर २ पेल्माङ साबिक छेस्काम गाबिसको वडा नं ७ र बुङ गाबिसको वडा नं ७ र ८ मा रहेका १सय ७० घर परिवारलाई राहत बितरण गरिएको छ।

गोर्लिज-पेल्माङ ईभि जर्मनीको आर्थिक सहयोग र पेल्माङ बिकासका लागि सहयोगी हातहरु संस्थाको साझेदारीमा राहत बितरण गरिएको संस्थाका अध्यक्ष मच्छिन्द्र राइले जानकारी दिए। अध्यक्ष राइका अनुसार बुधबार एकल महिला, बृद्ध, दलित र बिपन्न नागरिकलाई प्रती परिवार ३० किलोका दरले १ सय ७० बोरा चामल बितरण गरिएको हो।

प्रतिक्रिया दिनुहोस्