एनआइसी एसियाको डेबिट कार्डका लागि अनलाइनबाटै आबेदन दिन सकिने



काठमाडौं,१३ माघ । एनआईसी एशिया बैंकले अनलाइनबाटै डेबिट कार्ड आवेदन दिन सकिने सहज प्रणालीको शुभारम्भ गरेको छ।

ग्राहकलाई जुनसुकै स्थानबाट र जुनसुकै समयमा आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी नयाँ डेबिट कार्ड अनलाइनबाट अनुरोध गर्न सकिने सेवा बैंकले थालनी गरेको हो।

बैंकको वेबसाइटमा रहेको आईसर्भ डिजिटल सेवामार्फत नयाँ डेबिट कार्ड अनुरोध गर्न सकिने व्यवस्था मिलाएको छ। सेवाग्राहीले खाता सम्बन्धी विवरण उल्लेख गरी भेरिफाइ गरेपपछि डेबिट कार्ड आवेदनको प्रक्रिया अगाडि बढ्ने र पायक पर्ने शाखाबाट लिन सकिने बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्