माप्य दुधकोशी : फुर्चेका १३ परिवारलाई खाद्यान्न बितरण

सोलुखुम्बु, ९ माघ ।जिल्लाको माप्य दुधकोशी गाउँपलिको वडा नं ७ फुर्चेका १३ विपन्न परिवारलाई खाद्यान्न बितरण गरिएको छ । सोही गाउँपालिका ७ सिबुजे घर भई हाल काठमाण्डौमा बस्दै आउनु भएका समाजसेवी ङवाङओङछु शेर्पाको पहलमा १३ घरधुरीलाई खाद्यान्न बितरण गरिएको नमुना आबिका प्रअ पेमा शेर्पाले जानकारी दिनुभयो ।

उनीहरुलाई प्रतिघर ३० केजी चमाल ,एक काटन चाउचाउ,दाल चार केजी , चिनी तिन केजी ,नुनु तिन पोका चिया एक प्याकेट ,खानेतेल,तीन वटा साबुन ४ वटा,मेथि मसला एक एक पोका बितरण गरिएको छ ।
यसैगरी शेर्पाकै पहलमा महाकुलुङ गाउँपलिका ५ नुर्कुमका विपन्न २७ घरधुरीलाई पनि खाद्यान्न वितरण गरिएको समाजसेवी ओङछु शेर्पाले जानकारी दिनुभयो ।साथै नमुना आबिका बिद्यार्थीहरुलाई ज्याकेट उपलब्ध गराउने समेत समाजसेवी शेर्पाले आश्वासन दिनुभएको छ । उहाँले सरकारको पहुंच नपुगेको साथै अति दुर्गम ठाउँका बिद्यालयहरुमा सहयोग गर्ने प्रतिबद्धता पनि ब्यक्त गर्नुभयो ।
दुर्गम ठाउँमा समाजसेवी शेर्पाले सहयोग गरेपछी स्थानीयहरुले खुशी ब्यक्त गरेका छन ।

