ऐसेलुखर्कमा दुई दिने कृषि मेला, दर्जनौ कृषक पुरस्कृत



खोटाङ । किसानको प्रोत्साहन र कृषि पेशाको सम्मानका लागि खोटाङको ऐसेलुखर्क गाउँपालिकामा कृषि मेला प्रदर्शनी सम्पन्न भएको छ ।

‘कृषि उब्जनीको बृद्धि कृषकको सान, व्यवसायीक कृषकलाई सम्मान हाम्रो अभियान’ भन्ने नारासहित मंगलबार र बुधबार ऐसेलुखर्क बजारमा पालिका स्तरिय कृषि मेला प्रदर्शनी आयोजना गरिएको थियो ।

प्रदर्शनीमा गाउँपालिकाका ७ वटै वडाका कृषकहरुले तरकारी बाली, खाद्यान्न बाली, फलफुल बाली, दलहन तथा तेलहन, नगदे बाली, जरे बाली र विविध बाली प्रदर्शन गराइएको थियो । ऐसेलुखर्क, महेश्वरी, राखाबांदेल, जलेश्वरी, माक्पा, बाकाचौलका कृषकले उत्पादन गरेका १५ विधाका स्टल राखिएको थियो ।

गाउँपालिकाको कृषि तथा पशु शाखाको आयोजनामा सम्पन्न मेलामा प्रर्दशनमा राखिएका उत्पादनको मुल्यांकनको आभारमा ४५ कृषकलाई पुरस्कृत गरिएको छ । उनीहरुलाई नगदको साथमा प्रमाणपत्र प्रदान गरिएको छ । कृषि उत्पादनको जनप्रतिनिधि, विद्यार्थी लगायतका सर्वसाधारणले अवलोकन समेत गराइएको छ ।

प्रदर्शनीले कृषकहरुलाई व्यवसाय विस्तारमा प्रोत्साहन मिलेको ऐसेलुखर्क गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्