बांस्तोलाको गिरफ्तारीबिरुद्ध बिप्लव समूहद्वारा माघ १० गते नेपाल बन्दको घोषणा

काठमाडौं, १ माघ ।पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कन्चन’को गिरफ्तारीबिरुद्ध नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले माघ १० गते नेपाल बन्दको घोषणा गरेको छ।

बुधवार प्रहरीले दक्षिण ललितपुरबाट बाँस्तोलासहित ३ जनालाई पक्राउ गरेकोमा आक्रोश व्यक्त गर्दै सो समूहले पक्राउ बिरुद्ध बिरोध कार्यक्रम गर्ने निर्णय गरेको हो। ‘कञ्चन’लाई सानेपास्थित एनसेलको मुख्यालयमा भएको विष्फोट र सामाखुसी बम विष्फोटको घटनामा अनुसन्धान गर्ने प्रहरीको तयारी छ ।
बाँस्तोलासहित दुईजना ब्यूरो सदस्य पक्राउको विरोधमा विप्लव समूहले माघ १० मा नेपाल बन्द गर्ने निर्णय गरेको छ । माघ ३ मा देशभर विरोध जुलुस, ५ मा विरोध सभा, माघ ७ मा विरोध प्रदर्शन र माघ ९ मा मशाल जुलुस गर्ने कार्यक्रम सार्वजनिक गरिएको छ । गिरफ्तारीको भर्त्सना गर्दै विप्लवले भनेका छन्–‘दमनले राज्य सञ्चालक नै समाप्त हुने ओली सरकारलाई चेतावनी दिन चाहन्छौं।

