एनएमबि बैंकको बार्षिक साधारणसभा सम्पन्न



काठमाडौं, २९ पुस । एनएमबि बैंक लिमिटेडको २५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त बार्षिक साधारण सभाले १६.२% नगद लाभांश पारित गरेको छ । पुस २९ गते सम्पन्न बैंकको २५औं बार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो ।

साधारण सभाले बैंकको आर्थिक वर्ष २०७६/७७ को वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको १३ प्रतिशत बोनश सेयर र ३.२ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको हो । उक्त सभाले बैंकको अधिकृत पुँजी १६ अर्बबाट बृद्धि गरी २० अर्ब पुर्याउने प्रस्ताव समेत पारित गरेको छ ।

बैंक संचालक समितिका अध्यक्ष पवन कुमार गोल्यानको अध्यक्षतामा सम्पन्न सभाले कोभिड १९ का कारण हुनसक्ने संक्रमणको जोखिमलाई ध्यानमा राख्दै भर्चुअल प्रविधिमार्फत सभा संचालन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्