माओवादी केन्द्रको १ नम्बर प्रदेशको तेस्रो भेला आज धरानमा किरातीको आधार क्षेत्र ध्वस्त हुँदै



धरान/ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) १ नम्बर प्रदेशको तेस्रो भेला आज धरानमा हुने भएको छ । धरानस्थित लाङ्घाली सामुदायिक बन उपभोक्ता समितिको भवनमा सम्पन्न हुने उक्त भेला नेकपा (माओवादी केन्द्र)का अध्यक्ष कर्णजित बुढाथोकीले उद्घाटन गरेर शुरु हुने जनाएकोछ ।

माओवादी केन्द्रका पूर्व अध्यक्ष गोपाल किरातीमा वैचारिक विचलन आएसँगै किरातीलाई कारबाही गरी तत्कालीन महासचिव कर्णजित बुढाथोकीले नेतृत्व सम्हालेपछि भएको सांगठनिक गतिविधि र पार्टीको चलायमन गतिसँगै भएको विकासले अहिले किराँतीको आधार क्षेत्र प्रदेश नम्बर १ मा माओवादी केन्द्रले तिब्र गति लिएकोछ ।

आज हुने उक्त भेलाले पूर्व अध्यक्ष किरातीको त्यस क्षेत्रमा ठूलै धक्का पुग्ने प्रष्ट देखिएको छ । दुई तिहाइको सरकारको नेतृत्व गर्न नसकेर असंवैधानिक तवरले संसद विघटन गरेसँगै संसदीय व्यवस्थाको अन्त्य र सर्वदलीय सरकार गठनकोे माग गरेका नेकपा (माआोवादी केन्द्र) को वस्तुगत निर्णयसँगै सबैको ध्यान केन्द्रित भएको छ ।

त्यसैको परिणाम स्वरुप नेकपा (माओवादी केन्द्र), माओवादी जनमुक्ति पार्टी, नेपाल र नेकपा संयुक्त (क्रान्तिकारी) बीच अस्ति पुस २६ गते काठमाडौंको अनामनगर स्थित संवाद डबलीमा पार्टी एकता भईसकेको छ ।

प्रतिक्रिया दिनुहोस्