राष्ट्रिय एकता दिवस भव्यरुपमा मनाउन मनिषा कोइरालाको आग्रह

काठमाडौं,२२ पुस । राष्ट्रनिर्माता पृथ्वीनारायण शाह नेपालको परिचय र पहिचानको प्रतीक भएकाले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस भव्यरुपमा मनाउन सम्पूर्ण तह र तप्कासगँ आह्वान गरिएको छ।

समाजका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याएका व्यक्तिहरुले पृथ्वीनारायणको योगदानको सम्मान गर्दै उनको तस्वीर अङ्कित गरी सिक्का र नोट प्रकाशन गर्न सरकारसँग आग्रह गरे । दुई सय ९९औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा यही पुस २७ गते रत्नपार्कमा आयोजना हुने भेलामा राष्ट्रिय झण्डामा एकताबद्ध हुन पनि उनीहरुले पत्रकार सम्मेलनमार्फत अपिल गरेका छन् ।

