पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव कुमार नेपाल समूहका विद्यार्थीहरूको लालटिन जुलुस

काठमाडौं,२२ पुस । संविधानमा संसद विघटनको धारा नदेखेको भन्दै पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव कुमार नेपाल समूह निकट विद्यार्थी संगठन अनेरास्ववियूले सरकारविरुद्ध लालटिन जुलुस प्रदर्शन गरेको छ ।

प्रतिनिधि सभा विघटनको विरुद्धमा विद्यार्थी संगठनका नेताकार्यकर्ताहरूले बुधवार दिउँसो माइतिघर मण्डलामा लालटिन जुलुस प्रदर्शन गरेको हो ।
लालटिन जुलुसमा सहभागी अधिकांशले बलिरहेको लाल्टिन बोकेका छन् । दिउँसै लालटिन बालेर खोज्दा पनि संविधानमा संसद विघटनको धारा नदेखिएको उनीहरूले बताएका छन् ।
उनीहरूले लालटिनसँगै ब्यानर पनि बोकेका छन् । ब्यानरमा लेखिएको छ, दिउँसै लालटिन बाल्दा पनि भेटिएन है, संविधानमा संसद विघटनको धारा खै ? ’

