शैक्षिक गुणस्तरका लागि तत्काल कदम चाल्न नेबिसंघ नेचासल्यानको माग

सोलुखुम्बु, १७ पुस। नेपाल विद्यार्थी संघ स्थानीय समिति नेचासल्यान गाउपालिकाले स्थानीय तहले शिक्षा क्षेत्रको ब्यबस्थापन सम्हाले यता विद्यालय शिक्षा झन लथालिङ्ग भएको भन्दै तत्काल सुधारका कदम चाल्न गाउँपालिकाको ध्यानाकर्षण गराएको छ।

गाउँपालिका प्रबक्तासमेत रहेका वडा नं ३ का अध्यक्ष धर्मध्वज खत्रीमार्फत गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोलालाई ज्ञापनपत्र बुझाउंदै नेबिसंघले शैक्षिक गुणस्तर सुधार र बिषयगत शिक्षकको ब्यबस्था गर्न माग गरेको छ। स्थानीय समिति नेचासल्यानका अध्यक्ष मोहनकृष्ण निरौलाद्वारा हस्ताक्षरित सो ज्ञापन पत्रमा नेबिसंघले आस्थाका आधारमा शिक्षकहरुको सरुवा नगर्न पनि आग्रह गरिएको छ।
यस्ता छन् नेबिसंघले गाउँपालिका समक्ष राखेका १५ बुंदे माग
१) सम्पुर्ण बिधालयहरुमा बिषयगत शिक्षकहरुको तत्काल ब्यबस्था गरियोस ।
२ ) अबधी पुगिसकेका बि व्य स को नियमानुसार पुनर्गठन गरियोस् ।
३) प्रचलित शिक्षा ऐन र नियमावली बमोजिम योग्यताप्राप्त प्रधानाध्यापकको सम्पुर्ण बिधालयमा ब्यबस्था गरियोस ।
४ ) शैक्षिक कार्यक्रमहरु विनियोजन गर्दा समान दृस्ठिकोण राखी बिधालयको आवस्यकतालाई ध्यान दिएर माग विनियोजन गर्ने प्रबन्ध गरियोस।
५) प्रत्येक बिधालयमा खानेपानी फर्निचर अपाङ्ग तथा छात्रा मैत्री सुबिधा सम्पन्न शाैचालयकाे ब्यवस्था गरियोस् ।
६ )स्थानीय तहले गठन गर्ने शिक्षा समितिमा विद्यार्थी सङ्गठनको प्रतिनिधित्व सुनिस्चित गरियोस् ।
७) नेचासल्यान गाउँपालिकाका बिधालयहरुमा रहेका पुस्तकालय ब्यबस्थित गरी सन्चालन गरियोस् र पुस्ताकलय नभका बिद्धालयहरुमा अनिवार्य रूपमा पुस्तकालयको ब्यबस्था गरियोस् ।
८ ) सार्बजनिक यातायतको भाडामा बिद्यार्थीहरुलाई ५० प्रतिशत छुटको ब्यबस्था गरियोस् ।
९) प्रत्येक आधारभूत तथा माध्यामिक बिद्यालयहरुमा अनिवार्यरूपमा विज्ञान प्रयोगशालाको ब्यबस्था गरियोस।
१०) प्रत्येक बिधालयमा उचित प्रकारको खेलमैदान तथा खेलकुद सामग्रीको ब्यबस्थापन गरियोस।
११) कोरोना महामारीका कारण बिद्यार्थीको पढाइमा प्रत्यक्ष असर परेको हुँदा SEE परिक्षाको तयारिमा रहेका बिद्यार्थीहरुका लागि अनिवार्य तथा निशुल्क कोचिङ कक्षा संचालनको व्यवस्था गरियोस।
१२) संबिधानत: निशुल्क शिक्षाको व्यवस्था भएता पनि नेचासल्यान गाउँपालिकाका बिधालयहरुले विभिन्न बहानामा शुल्क लिदै आईरहेको हुदा उक्त कार्य बन्द गरि निशुल्क शिक्षाको सुनिश्चितता गरियोस् ।
१३) गाउँपालिका भित्रका बिधालयहरुमा चारित्रीक प्रमाणपत्र शुल्क बापतको रकम लिने सन्दर्भमा एकरुपता नदेखिएकोले सम्पुर्ण बिधालयहरुमा तत्काल एकरुपता कायम गरियोस।
१४) कोरोना महामारीका कारण समग्र शिक्षा क्षेत्रनै तहसनस भएको अबस्थामा शिक्षकहरुलाई सहजताका साथ शिक्षण गर्ने वातावरण बनाउनु पर्नेमा शिक्षक हरुलाई दुख दिने उदेश्यले काजका नाममा आस्थाका आधारमा सरुवा गरिएको हुनाले उपयुक्त मापदण्ड बनाई बिधालयको अबस्था हेरि पदस्थापन सहितको सरुवा गरियोस् ।


