शिव मन्दिर निर्माणका लागि सहयोग रकम जुट्दै



खगिन्द्र राज बास्तोला

सोलुखुम्बु , १३ पुस ।जमरकट्टेल सेवा प्रतिष्ठान नेपालकाे अगुवाइमा नेचासल्यानमा निर्माण हुने शिव मन्दिरका लागि भाद्वाज गाेत्रिय जमरकट्टेल बन्धुहरूबाट आर्थिक सहयोग संकलनको क्रम जारी रहेको प्रतिष्ठानले जनाएको छ।

झन्डै ४० लाख लगानीमा निर्माण हुने सो मन्दिर निर्माणका लागि जमरकट्टेल बन्धुहरुबाटै उठाउने तयारी रहेको निर्माण समितिका अध्यक्ष मुक्ति जम्मरकट्टेलले जानकारी दिए। जम्मरकट्टेलका अनुसार मन्दिर निर्माणका लागि हालसम्म स्थानीय बन्धुहरु चुडामणी जमरकट्टेलबाट १ लाख,बिजय कट्टेल ‘छहरा’ बाट १ लाख ११ हजार १ सय ११, चेतनाथ जम्मरकट्टेलबाट १ लाख,केशब जम्मरकट्टेलबाट ५० हजार,गायत्री प्रसाद जमरकट्टेलबाट ५० हजार र निलकण्ठ जम्मरकटेलबाट ४० हजार १ सय ५५ रुपैयाँ सहयोगको प्रतिबद्धता आएको जानकारी दिए।

यसैगरी स्वर्गीय आमा बालकुमारी गाैतमकाे स्मृतिमा छाेरी सर्मिला जमरकट्टेल गाैतमबाट रू १० हजार १ सय २० प्रतिष्ठानलाई नगद सहयाेग गरेको प्रतिष्ठानका महासचिव देबेन्द्र जम्मरकट्टेलले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्