उखुकृषकको आन्दोलनप्रति सरकारको बेवास्ता



२८ मंसिर , काठमाडौं । उखु किशानहरुले आफ्नो बक्यौता माग गर्दै फेरी राजधानीमा आन्दोलन शुरु गरेका छन् । यस अघि पनि राजधानीमा आन्दोलन चर्काए पछि सरकारसगँ सहमति भएर फर्किएका धेरै किशानले मिल सञ्चालकबाट बक्यौता रकम पाउन सकेका थिएनन् । त्यतिखेर सरकारले पैसा दिलाउने आस्वासन पछि कृषक घर फर्किएका थिए ।

तर सरकारी आस्वासन पुरा भएन भने उद्योगीले किशानको कुरा नसुने पछि उनीहरु चिसो मौसममा समेत राजधानी आएर माईतीघरमा प्रदर्शनमा उत्रिएका हुन् । उनीहरूले गत वर्षको पुस १६ गते आफूहरुसँग गरिएको सम्झौता कार्यान्वयन गर्न आग्रह गर्दै माग पूरा नभए सिंहदरबार र बालुवाटार घेराउ गरिने चेतावनी पनि दिएका छन् ।

मंसिर २६ गतेसम्ममा किसानका बाँकी बक्यौता सबै चुक्क्ता गर्न गरिएको सम्झौता एक वर्षसम्ममा मिल मालिकले पूरा नगरेकाले आफ्ना पीडा सुनाउन काठमाडौं नै आउनुपरेको उखु किसान संघर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रले बताए । उद्योग मन्त्री लेखराज भट्टले शुरुमा उखु किशानको मुल्य नतिर्ने सञ्चालकलाई पक्राउ नै गर्न पत्रचार गरेका थिए । तर पनि कृषकको बक्यौता उठेन । चार वटा चिनी मिलले उखु किसानको रकम तिरेका छैनन् । किसानले अझै ५२ करोडभन्दा धेरै रकम लिन बाँकी रहेको छ । सबैभन्दा बढी श्रीराम सुगर मिलसँग २६ करोड, अन्नपूर्ण सुगर मिलसँग १७ करोड, लुम्बिनी सुगर मिलसँग ८ करोड ४१ लाख र इन्दिरा सुगर मिलसँग ४ करोड ७० लाख रुपैयाँ किसानले लिन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्