उधारो खाजाले गयो ज्यान

पर्सा- खाजा पसलमा उधारो खाएको पैसाको बिषयलाई लिएर पसलेसित भएको झगडामा परि पर्सामा एक युवकको मृत्यु भएको छ। पसलेसँग भएको भगडामा परि पर्साको सखुवा प्रसौनी गाउँपालिका १ निवासी २४ बर्षीय उमेश ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ।

पटेर्वा सुगौली गाउँपालिका १ रँगपुर टाडी स्थित रहेको ३० वर्षीय आन्नद दास थारुको खाजा पसलमा उधारोको बिषयलाई लिएर मृतक ठाकुर र दासबीच झगडा भएको थियो। गत मँसिर २४ गते भएको झगडाको क्रममा मृतक ठाकुरलाई चोट लागेपछि वीरगञ्जमा उपचारको लागि भर्ना गरिएको थियो। उपचारकै क्रममा शनिबार बिहान ३ दिनपछि ठाकुरको मृत्यु भएको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले जनाएको छ। घटनामा सँलगन रहेका आरोपी थारुलाई पर्सा प्रहरीले पक्राउ तथा थप अनुसन्धान भईरहेको जिलला प्रहरी कार्यालय पर्साले जनाएको छ।

