राप्रपा केन्द्रीय समितिको बैठक ४ पुसमा



काठमाडौं,२८ मंसिर। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक ४ पुसमा काठमाडौंमा बस्ने भएको छ।  राप्रपाका तीनैजनाअध्यक्षहरूबीच शनिबार बसेको बैठकले ४ पुसमा पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक गर्ने निर्णय गरेको अध्यक्ष कमल थापाले बताएका छन्।

‘उक्त बैठकमा देशको समसामयिक राजनीतिक परिस्थिति, पार्टी संगठनको सुदृढीकरण, महाधिवेशनको तयारी र भावि संघर्षको कार्यक्रम लगायतका विषयमा छलफल हुनेछ’, अध्यक्ष थापाले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्। राप्रपाले आउँदो २५–२८ वैशाख पार्टीको एकता महाधिवेशन गर्ने तय गरेको छ। अघिल्लो वर्ष, २८ फागुन २०७६ मा राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)बीच एकता घोषणा भएको थियो।

प्रतिक्रिया दिनुहोस्