संघीयता,गणतन्त्र र धर्मनिरपेक्षता बिरुद्धआन्दोलन गर्ने नेपाली कांग्रेस(बीपी)को निर्णय
काठमाडौं, २८ मंसिर ।नेपाली कांग्रेस (बीपी) ले संघियता, गणतन्त्र, धर्मनिरपेक्षताका विरोधमा सडक आन्दोलन गर्नेभएको छ। संग्रहालय सुन्दरीजलमा सम्पन्न सो पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले पौष १६ गते भित्र आन्दोलन गर्ने निर्णय गरेको हो।बैठकले मेलमिलाप दिवसको अवसरमा पौष १६ गते संघियता, गणतन्त्र, धर्मनिरपेक्षताका विरोधमा रहेकाहरुबीच मेलमिलापसहित अन्तरक्रिया गरि राष्ट्रिय आन्दोलनको घोषणा गर्ने निर्णय समेत गरेको कार्यालय सचिब सुशील वाग्लेले रहस्यखबरलाई बताए।


वाग्लेका अनुसार पार्टीको धारणा लिखित रुपामा निर्माण गर्न बैठकले महामन्त्री सुशीलमान शेरचनको संयोजकत्वमा ५ सदस्य समिति समेत गठन गरेको छ। समितिमा सहमहामन्त्री तथा प्रवक्ता देवेन्द्र प्रकाश पौडेल, केन्द्रीय सदस्यहरु जगन्नाथ घिमिरे, लक्ष्मीप्रसाद बास्कोटा र उमेश तिमल्सिना सदस्य रहेको उनले बताए।

