महाकुलुङ: पेल्माङ बिकासका लागि सहयोगी हातहरुद्वारा राहत बितरण

सोलुखुम्बु, २५ मंसिर ।समाज सेवाको उद्देश्यले खोलिएको सामाजिक संस्था पेल्माङ बिकासका लागि सहयोगी हातहरुले बिहिवार महाकुलुङ गाउँपालिकामा राहत बितरण गरेको छ।

गाँउपालिकाको वडा नम्बर – २ रहेको साबिकको बुङ गाबिस वडा नम्बर -३ का ५२ घर परिवारका असहाय,अपांग,वृद्ध र एकल महिला हरुलाइ राहत बितरण गरिएको संस्थाका अध्यक्ष मछिन्द्र राईले जानकारी दिए।अध्यक्ष राइका अनुसार उनीहरूलाई राहत स्वरूप ३० किलोका दरले ५२ बोरा चामल बितरण गरिएको छ।

मागोर्लिज-पेल्माङ ई.भी. जर्मनीको आर्थिक सहयोगमा पेल्माङ बिकासका लागि सहयोगी हातहरुले सो राहत उपलब्ध गराइएको राइले रहस्य खबरलाई बताए ।


