माओवादी केन्द्र नेवा:ताम्सालिङ प्रदेश समितिद्वारा लामाप्रति शोक व्यक्त



काठमाडौ/ नेपाली कम्युनिस्ट आन्दोलनका होनहार योद्धा,प्रखर वक्ता,हक्की व्यक्तित्व नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का केन्द्रीय सदस्य तथा दक्षिण कोरियाका पूर्व राजदुत कमानसिह लामाको दु:खद निधनप्रती एक शोक वक्तव्य जारी गर्दै नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र) नेवा:ताम्सालिङ प्रदेश समितिले गहिरो दु:ख व्यक्त गरेको छ ।
नेकपा(माओवादी केन्द्र) नेवा:ताम्सालिङ प्रदेश समितिका इन्चार्ज तथा केन्द्रीय सचिब अरुण घिसिङ र सेक्रेटरी प्रकाश दाहालद्वारा संयुक्त हस्ताक्षरित शोक वक्तव्यमा कमानसिह लामाको निधनले नेपाली कम्युनिस्ट आन्दोलनमा अतुलनीय क्षति पुगेकोमा शोक व्यक्त गर्दै मृतक लामाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्