दुवै अध्यक्षको प्रस्ताव पढ्न सात दिनको समय: नेकपा स्थायी समिति बैठक २८ गते बस्ने



काठमाडौँ : सत्तारुढ दल नेकपा स्याथी समिति बैठक २८ गतेसम्मका लागि स्थगित भएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित भए । ओलीले बैठकमा आफू अनुपस्थित हुनुको कारणबारे पत्र पठाएको र त्यो पत्र सचिवालय सदस्य ईश्‍वर पोखरेलले वाचन गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

आइतबार बसेको  स्थायी समिति बैठकमा दुबै अध्यक्षको प्रस्तावलाई छलफलमा लगिएको छ ।  बैठकमा सदस्यहरुलाई दुबै प्रस्ताव वितरण गरिएको छ भने सो प्रस्ताव अध्ययनका लागि ७ दिनको समय प्रदान गरिएको छ । प्रस्ताव अध्ययनका लागि ७ दिनको समय दिईएकोले बैठक मंसिर २८ गते सम्मका लागि स्थगित गरिएको हो।
कात्तिक २८ गतेको सचिवालय बैठकमा प्रचण्डले प्रधानमन्त्री समेत रहेका पार्टी अधयक्ष केपी शर्मा ओलीको कार्यशैलीको आलोचना गर्दै प्रस्ताव ल्याएका थिए भने त्यसको काउन्टरमा ओलीले मंसिर १३ गते छुट्टै प्रस्ताव ल्याएका थिए । तर ओलीले प्रचण्डको प्रस्तावमाथि छलफल नै हुन नसक्ने अडान लिँदै आएका छन् । सोही अडान लिँदै  बैठकमा ओली सहभागी नभएका हुन् ।

प्रतिक्रिया दिनुहोस्