शिव मन्दिरलाई चुडामणिको एक लाख, सरोज प्रतिष्ठानको विशिष्ट सदस्य



खगिन्द्र राज बास्तोला

सोलुखुम्बु , २१ साउन ।जम्मरकटेल सेवा प्रतिस्ठानको अगुवाईमा नेचासल्यान वडा नं ३ मा निर्माण हुने शिव मन्दिरका लागि स्थानीय चुडामणि जमरकट्टेलले १ लाख रुपैयाँ सहयाेग गरेका छन।

राजधानी काठमाडौंमा रहेर सरकारी सेवामा कार्यरत जमरकटेलले आफ्ना दिवङ्गत हजुरबा / हजुर आमा बैजनाथ र काैशिला जमरकट्टेलकाे स्मृतिमा उनले सो आर्थिक सहयोग गरेको प्रतिष्ठानले जनाएको छ।

उता सोही वडा निबासी समाजसेवी सरोज जमरकट्टेलले प्रतिष्ठानको विशिष्ट सदस्यता ग्रहण गरेका छन् । मेघनाथ कटेल आछामेका सुपुत्र सरोजले जीवन सङ्गिनि कृष्ण कुमारी जमरकट्टेल आचार्यमार्फत सदस्यता शुल्क बुझाई सदस्यता रसिद ग्रहण गरेको प्रतिष्ठानले जनाएको छ। जम्मरकटेल विगत ३ बर्षदेखि देखि वैदेशिक राेजगारीका सिलसिलामा मलेसियाको SEBIRO सेक्युरीटि कम्पनिमा कार्यरत छन।उनले
विदेशमै बसेर पनि विभिन्न जिल्लाका बिपन्न ब्यक्तिहरुको उपचारमा सहयोगी भुमिका निर्बाह गर्दै आएको प्रतिस्ठानले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्