नेपाल स्वयंसेवक संघ युबा संगठन सोलुखुम्बुको कार्य समिति बिस्तार
सोलुखुम्बु , २१ मंसिर ।नेपाल स्वयंसेवक संघ युबा संगठन सोलुखुम्बुको कार्य समिति विस्तार गरिएको छ।

नेचासल्यान गाउँपालिकाका बिनोद बास्तोलाको अध्यक्षतामा रहेको सो समितिको उपाध्यक्षमा महाकुलुङ गाउँपालिकाका उद्धव कुलुङ र सोलुदुधकुण्ड नगरपालिकाकी बिनिता मगर उपाध्यक्ष रहेको संघद्वारा जारी बिज्ञप्तिमा जनाइएको छ।
बिज्ञप्तिमा उल्लेख गरिए अनुसार समितिको सचिबमा दिपेन्द्र कुलङ (महाकुलुङ ) सहसचिवमा मोहनकृष्ण निरौला (नेचासल्यान) कोषाध्यक्षमा नबिना नाछिरिङ (सोताङ ) र सदस्यहरुमा गोमबहादुर कार्की (थुलुङ दुधकोशी) अम्बिरकाजी नाछिरिङ (सोताङ)धनकुमार कुलुङ (महाकुलुङ) बाबुराम राइ (माप्यदुधकोशी) भक्त विश्वकर्मा (थुलुङ दुधकोशी) रहेका छन।


