कर्मचारीमा कोरोना पुष्टि भएपछि सोलु एफएम सिल, सेवा प्रबाह नरोकिने



सोलुखुम्बु ,२० मंसिर।सोलुखुम्बुमा सन्चालित सोलु एफमा कार्यरत एक सञ्चारकर्मी सहित चार जनामा कोरोना भाईरस (कोभिड १९) पुष्टि भएपछि सो एफम सिल गरिएको छ।

जिल्ला अस्पताल फाप्लुका निमित्त प्रमुख शानी शेर्पाका अनुसार कारोना पुष्टि हुनेमा थुलुङदुधकोशी गाउँपालिका ठेगाना भएका ३ जना र सोलुदुधकुण्ड नगरपालिकाका १ जना रहेका छन् ।

अस्पतालले दिएको जानकारीअनुसार गत मंगलबार २३ जनाको स्वाब संकलन गरि कोशी अस्पताल विराटनगर परीक्षणकालागि पठाइएको थियो । सञ्चारकर्मीको पीसीआर रिपोर्ट पोजेटिभ आएपछि जिल्लामा सञ्चालित सोलु एफ.एम. सिल गरिएको छ । योङ स्टार क्लवद्धारा सञ्चालित एफ.एम.मा कार्यरत एक जना कर्मचारीमा कोरोना रिपोर्ट पोजेटिभ आएपछि एफ.एम सिल गरिएको सञ्चालक समितिका अध्यक्ष बुद्धिनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

कन्ट्रायक ट्रेसिङमा परेका एफ.एम.का कर्मचारीको पीसीआर परीक्षण नभएसम्मको लागि सिल गर्ने निर्णय गरिएको अध्यक्ष श्रेष्ठले बताउँनुभयो ।

योङ स्टार क्लवले उपलब्ध गराएको कर्मचारी आवास गृहमा सबै कर्मचारी बस्दै आएका छन् । कर्मचारी आवस गृह र एफ.एम.संगै भएकाले आईसोलेशनमा बसेर सेवा प्रवाह गरिने अध्यक्ष श्रेष्ठले बताउँनुभयो । २०६१ सालमा स्थापना भएको पुर्वक्षेत्रकै पहिलो सामुदायिक रेडियो सोलु एफ.एम.मा हाल १४ जना कर्मचारी कार्यरत छन् । एक हजार वाट क्षमताको रेडियोले अहिले २४सै घण्टा सेवा प्रवाह गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्