सिद्धार्थ बैंकको आर्थिक सहयोग



काठमाडौं । सिद्धार्थ बैंकले नेपाल पर्वतारोहण संघलाई सामाजिक उत्तरदायित्व अन्र्तगत एकलाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । सो रकम बैंकका तर्फबाट नायव प्रबन्धक (भ्याली रिर्सोसेस) अपर्णा गिरीले नेपाल पर्वतारोहण संघका प्रमुख कार्यकारी अधिकृत कुलप्रसाद राईलाई हस्तान्तरण गरिन् ।

उक्त रकम नेपाल पर्वतारोहण संघले नेपाल पर्वतीय पर्यटन प्रवद्घनको कार्य क्षेत्रमा खटिँदा आकस्मिक दुर्घटनामा परी निधन भएको आरोहीका बालबालिकालाई शैक्षिक छात्रवृत्ति प्रदान गर्नका लागि उपयोग गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्