दाङमा पनि लाग्यो ‘राजा आउ, देश बचाउको नारा’



काठमाडौ, १८ मंसिर ।कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा प्रदर्शन भएको दाङमा पनि स्थानीयले ‘राजा आउ,देश बचाउ’ को नारा लगाउदै बिहीवार दाङको घोराहीमा पनि बृहत मोटरसाइकल र्‍यालीको आयोजना गरिएको छ।

जिल्लाबाट उल्लेख्य मानिसको उपस्थतिमा नागरिक समाजको अगुवाईमा सम्पन्न मोटरसाइकल र्‍यालीमा संवैधानिक राजतन्त्र हिन्दु राष्ट्र कायम गर’, ‘नीतिगत भ्रष्टाचार अन्त्य गर’ भन्दै देशमा भएका हत्या हिंसा, बलात्कारजस्ता घटनाको बिरोध गरिएको थियो।

प्रदर्शन क्रममा निकालिएको मोटरसाइकल र्‍याली घोराही बजारका विभिन्न स्थान परिक्रमा गरी तुलसीपुर चोकमा पुगी कोणसभामा परिणत भएको थियो। उक्त कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य भोलानाथ योगी, स्वतन्त्र नागरिक समाजका संयोजक कुल बहादुर घर्ती, राप्रपाका केन्द्रीय सदस्य भानु केसी, दामोदर भण्डारी, ऋषिराज देवकोटा, वंशीकुमार शर्मा, भुपाल रावतलगायको सहभागिता थियो।

प्रतिक्रिया दिनुहोस्