सोलुखुम्बु : जुवु ज्यामिरेका थप तीनजनालाइ कोरोना संक्रमण



केदार वस्नेत

सोलुखुम्बु, १४ मंसिर।जिल्लाको थुलुङ दुधकोशी गाउँ पालिका वडा नं ४ जुबु ज्यामिरेका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

कार्तिक ३० गते संक्रमणका कारण मृत्यु भएका ७५ बर्षीय बृद्दको सम्पर्क रहेका २८ जनाको कन्ट्याक्ट् ट्रेसिङ गर्दा तीन जनाको रिपोर्ट पोजेटिभ आएको वडाध्यक्ष नातीकाजी गुरुङले जानकारी दिए।

शनिबार जिल्लाकै खुम्बुपासाङल्हामु गाउँपालिकाको खरिखोलाका एक स्वास्थ्यकर्मी सहित ६ जनाको रिपोर्ट पोजेटिभ आएको थियो।

मंसिर ११ गते शंकास्पद लक्षण देखिएपछि ३१ जनाको स्वाब पिसिआर परिक्षणका लागि काठमाण्डौ पठाईएकोमा रिपोर्ट पोजेटिभ आएको जानकारी गराइएको थियो । जनाइए अनुसार ३ महिला र ३ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । उनिहरु सबै स्थानिय हुन् ।

प्रतिक्रिया दिनुहोस्