वस्तुगततर्फको नतिजा सार्वजनिक



काठमाडौं, मङ्सिर १३ – नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगततर्फको केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक भएको छ । मत परिणमअनुसार अरनिको राजभण्डारी, आकाश अधिकारी, गोविन्द ढुंगेल, नरेशलाल श्रेष्ठ विजयी भएका छन् ।

यस्तै प्रकाशसिंह कार्की, भक्तबहादुर हमाल, मनीषलाल प्रधान, मीनमान श्रेष्ठ,  विष्णुप्रसाद गैरे, सन्दीपकुमार अग्रवाल, सुकुन्तलाल हिराचन निर्वाचित भएका छन् । यसैगरी सुबोध कुमार गुप्ता, सुमितकुमार केडिया र हेमराज ढकाल निर्वाचित भएका छन्

वस्तुगततर्फको कुल खसेको १ सय १ मतमध्ये २ वटा मत बदर भएको छ । वस्तुगततर्फ दुवै प्यानलबाट ७/७ जना निर्वाचित भएका हुन् ।

वस्तुगततर्फका उपाध्यक्षका उमेदवार अन्जन श्रेष्ठको प्यानलबाट निर्वाचित सदस्यहरुमा अरनिको राजभण्डारी, गोविन्द ढुंगेल, मनीषलाल प्रधान, मीनमान श्रेष्ठ, विष्णुप्रसाद गैरे, सन्दीपकुमार अग्रवाल र सुकुन्तलाल हिराचन रहेका छन् ।

यस्तै वस्तुगततर्फकै उपाध्यक्षका उमेदवार उमेशलाल श्रेष्ठको प्यानलबाट केन्द्रीय समितिमा निर्वाचित हुनेहरुमा आकाश अधिकारी, नरेशलाल श्रेष्ठ, प्रकाशसिंह कार्की, भक्तबहादुर हमाल, सुबोधकुमार गुप्ता, सुमितकुमार केडिया र हेमराज ढकाल रहेका छन् ।

वस्तुगततर्फका उपाध्यक्षका उमेदवार उमेशलाल श्रेष्ठ वरिष्ठ उपाध्यक्षका उमेदवार चन्द्रप्रसाद ढकाल प्यानलका हुन् भने अन्जन श्रेष्ठ वरिष्ठ उपाध्यक्षका उमेदवार किशोर प्रधान प्यानलका हुन् ।

वस्तुगततर्फका उपाध्यक्षको मतगणना पनि सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्