नेउवा महासंघ निर्बाचन: लोकप्रियताको शिखर चुम्दै बस्तुगत सदस्यका उम्मेदवार कार्की



काठमाडौं, ११ मंसिर – नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारण सभामा हुने निर्बाचनका लागि बस्तुगत तर्फबाट सदस्यमा उम्मेदवारी दिएका वरिष्ठ ब्यबसायी प्रकाशसिंह कार्कीको लोकप्रियता चुलिंदै गएको छ। वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल समूहबाट बस्तुगत सदस्यका उम्मेदवार कार्कीको सफल ब्यक्तित्व र मिजासिलो स्वभावले धेरैलाई आकर्षित गरेको ब्यबसायीहरुको भनाइ छ।

नेपाल फ्रेट फर्वार्डस एसोसिएसनका अध्यक्षसमेत रहेका कार्की हाल पनि महासंघको कार्यकारी सदस्य हुन। आयात निर्यातको पारवहन लागत घटाउने र निर्यातलाई सहज बनाउने कार्यमा कार्कीले गरेको योगदानको उल्लेख्य चर्चा हुने गरेका कारण पनि निर्बाचनमा जित हांसिल गर्न उनलाई सहज हुने ठानिएको छ।

सर्बसम्मत रुपमा दुइ कार्यकाल नेपाल फ्रेट फर्वार्डस एसोसिएसनको अध्यक्षमा निर्बाचित कार्कीले महासंघ अन्तर्गत रहेको निर्यात प्रबर्द्धन समितिको अध्यक्ष र बाणिज्य मन्त्रालय नेपाल इन्टरमोडल ट्रान्सपोर्ट डेभलपमेन्ट बोर्डको सदस्यका रुपमा आयात निर्यात ब्यबसायको समस्या सरलीकरण र नीति निर्माणमा खेलेको भुमिकाको मुक्तकण्ठले प्रशंसा हुने गरेको छ।त्यसो त कार्कीले एशोसिएसनको नेतृत्व सम्हालेपछि पहिलो कार्यकालमै भवन निर्माणका लागि जग्गा खरिद गरेर दोश्रो कार्यकालमा चारतले भवन निर्माण गर्न सक्नु चानचुने सफलता होईन ।

नेपाल फ्रेट फर्वार्डस एशोसिएसनको कार्यालय अध्यक्ष कार्कीकै अगुवाईमा कालोपुलमा निर्मित सोही चारतले भवनमा रहेको छ।कतिपय ठुला र पुराना मानिने ब्यबसायिक संघ संस्थाहरु बर्षौदेखि भाडामा रहेको परिप्रेक्ष्यमा इमान्दार र कुशल ब्यक्तित्व नेतृत्वमा पुग्यो भने उसले संस्थाको स्थायित्व र दीर्घकालीन सुधारका लागि महत्वपूर्ण योगदान गर्नसक्छ भन्ने एउटा गतिलो उदाहरण बनेको छ एशोसिएसनको सो कार्यालय भवन।अध्यक्ष कार्कीको दृढ़ संकल्प र समन्वययात्मक कलाको प्रतिफल नै एशोसिएसनको बर्तमान सफलता भएको कार्गो ब्यसायीहरुको प्रतिक्रिया छ। दुर्गम जिल्ला सोलुखुम्बुबाट राजधानी छिरेर चरम संघर्ष गर्दै यति ठूलो व्यावसायिक सफलता र जिम्मेवारी प्राप्त गर्न कार्कीले कम चुनौतीको सामना गरेका होइनन् ।

झन्डै २८ बर्ष यतादेखी कार्कीले ब्यबसायको क्षेत्रमा सामना गरेको चुनौती र त्यसबाट प्राप्त अनुभवले पनि उनलाई मुलुकको आर्थिक तथा व्यावसायिक क्षेत्रको हित रक्षाका लागि चाल्नुपर्ने कदम र अपनाउनु पर्ने रणनीतिको पूर्ण ज्ञान प्राप्त छ।त्यसको उपयोगका लागि पनि ब्यबसायिक क्षेत्रमा खारिएर लामो अनुभव हांसिल गरेका कार्कीलाई महासंघको निर्बाचनमा अत्यधिक मतले जिताएको खण्डमा मात्रै ब्यबसायीहरुको हित हुन सक्ने कार्गो ब्यबसायी नरेश अग्रवालको भनाइ छ। । अग्रवालले महासंघसँगको समन्वयमा लजिष्टिक क्षेत्रको थप सुधार र सहुलियतका काम गर्न अन्य बाँकी कामहरु पूरा गर्नका लागि पनि अध्यक्ष कार्कीलाई महासंघको सदस्य बनाउनै पर्ने बताए ।

बाणिज्य मन्त्रालयका सचिबको नेतृत्वमा हुने इन्टरमोडल ट्रान्सपोर्टले देशैभर निर्माण गर्ने सुख्खा बन्दरगाह मा नेपाल फ्रेट फर्वार्डस एशोसिएसनको प्रतिनिधित्व हुने गरेको छ। बीरगन्ज, बिराटनगर र कांकरभिट्टामा सन्चालनमा रहेपनि तातोपानी केरुङ, र काठमाडौंको चोभारमा बन्दरगाह निर्माणाधीन अवस्थामा रहेको छ।

लजिष्टिक क्षेत्रको लागत कसरी घटाउने र आयात-निर्यात ब्यापारको प्रबर्द्धन कसरी गर्ने भन्ने कुरामा एशोसिएसनको भूमिका महत्वपूर्ण भूमिका हुने भएका कारण पनि यस क्षेत्रबाट महासंघको बस्तुगत सदस्यमा कार्कीलाई सर्बसम्मत उम्मेदवार बनाइएको हो।महासंघमा बिगत १५ बर्षयता देखि एशोसिएसनको प्रतिनिधित्व रहंदै आएका कारण पनि कार्कीको जित सुनिश्चित मानिएको छ।

प्रतिक्रिया दिनुहोस्