खुम्बु पासाङल्हामु : वडा नं ३ मा घर बाहिर निंस्कदा अनिबार्य मास्कको प्रयोग गर्नुपर्ने



खगिन्द्रराज बास्तोला

सोलुखुम्बु , २३ कार्तिक ।खुम्बु पासाङल्हामू गाउँपालिकाको वडा नं ३ को मन्जो जोसल्ले छुमा ताव र ब्यङ्करका सम्पुर्ण स्थानीयले घर बाहिर निस्कँदा अथवा अनिवार्य रूपमा कपडाको माक्स प्रयोग गर्नुपर्ने भएको छ ।

मन्जो स्वास्थ्य क्लिनिकको संयोजनमा स्थानीय विभिन्न संघसंस्था र प्रबुद्ध ब्यक्तिहरुको बैठकले घर बाहिर निस्कंदा स्थानीयले अनिबार्य मास्क प्रयोग गर्नुपर्ने निर्णय गरेको हो।

बैठकले प्रत्येक टोलमा कोरोना संक्रमणबारे जनचेतना फैलाउन र एक घर एक माक्स बितरणका लागि महिला र पुरुष सहभागी दुई सदस्यीय स्वयंसेवक परिचालन गर्ने निर्णय गरिएको मन्जो स्वास्थ्य क्लिनिकका अहेव लाक्पा ग्याल्जेन शेर्पाले जानकारी दिए।उनीहरूले अनिवार्य मास्क प्रयोगका लागि घरमै पुगेर अनुरोध गर्ने शेर्पाले बताए ।

बैठकमा मन्जो गुम्बा प्रमुख लामाको उपस्थितिमा तेङ्बुचे गुम्बाका क्यप्जे तेङ्बुचे चै लाम ङावाङ तेन्जिङ साङ्बो रिम्पोछेले मन्जो जोसल्ले छुमा ताव र ब्यङ्करका जम्मा १ सय४० घरधुरीलाई एउटाका दरले दुकर खोलो मन्जो गुम्बाका प्रमुख लामाले गाउँले र संघ संस्था सबैलाई बितरण गरेका थिए।

प्रतिक्रिया दिनुहोस्