सोलुखुम्बु : सोलु-दुधकोशी हाइड्रोपावरका थप ५९ जनालाई कोरोना संक्रमण

सोलुखुम्बु१६,कार्तिक ।सोलुखुम्बुमा थप ५९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । सोलुखुम्बुमा निर्माणाधिन सोलुखोला दुधकोशी हाईड्रोपावर (८६ मेगावाट)का ५९ कामदारमा कोरोना संक्रमण पुष्टि भएको हो।

गत शुक्रबार २५ कामदारमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुको सम्पर्कमा रहेका ४५९ जना कर्मचारी, कामदार र स्थानीयको स्वाब संकलन गरि पिसिआर परीक्षणका लागि काठमाण्डौँ पठाइएको थियो । त्यसमध्येमा ५९ जनामा कोरोना संक्रमण देखिएको थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष अशिम राइले जानकारी दिए।
थुलुङ दुधकोशी गाउँपालिका ३ पन्चन क्षेत्रमा निर्माणाधिन सोलुखोला दुधकोशी जलविद्युत आयोजनाका २५ जना कामदारलाई कोरोना संक्रमणको पुष्टि भएपछि आइसोलेसनमा राखेर उपचार शुरु गर्न थुलुङ दुधकोशी गाउँपालिकाले परिपत्र गरेको थियो।

