विहीबार थपिए १९ सय ११ कोरोना संक्रमित

काठमाडौं,१५ असोज । नेपालमा कोरोना भाइरसका आज १९ सय ११ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ७९ हजार ७ सय २८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् । आजसम्म ५७ हजार ३ सय ८९ जना संक्रमणमुक्त भएका छन् । आज ९६१ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।


