प्रधानसेनापति थापा सेल्फ क्वारेण्टाइनमा

काठमाडौं, ११ असोज । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले प्रधानसेनापति थापा आइतबारदेखि क्वारेन्टाइनमा बसेको जानकारी दिएको छ।
थापाको निवासस्थित भान्सामा कार्यरत एकजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि क्वारेन्टाइनमा बसेका हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी गरिएको निर्देशिका र मापदण्ड बमोजिम स्वास्थ्य सुरक्षा सजगता अपनाउँदै उनी सेल्फ क्वारेन्टाइनमा बसेको नेपाली सेनाले जनाएको छ।


