गजल



*सावित्रा खत्री नितु
मेरो लागि यो धर्ती एउटै फुलको माला हो
जस्तो कि आकाश जुन ताराको रंगशाला हो
कत्ति कुरा बुझेको छु कति बुझ्न बाँकी नै छ
मान्छेको जवानी आगो कि पानीको प्याला हो
जो,यो देशमा जन्मिएर बिदेशको गुन गाउँछ
सम्झिनुस् त्यो मान्छे पक्कै डिभि वाला हो
शहर छिर्न नपाउँदै जो गाउँलेलाई पाखे भन्छ
लाग्छ उ पनि हिजो गाउँको भैंसी गोठाला हो
जब यो मुटु छेडेर वारपार बनाई दिन्छ
यस्तो लाग्छ मान्छेको बोली तिखो भाला हो ।।
*मोरङ्ग

प्रतिक्रिया दिनुहोस्