गजल

*धर्मिला कार्की
सडकमा गुजारा चलाउनेलाई भोक छ लकडाउनमा ।
नेतासगँ मित लगाउनेलाई सबथोक छ लकडाउनमा।।
कोरोनाको नाममा करोडौं पचायौ है नक्कली हिसाब देखाई ।
सदनमा बहस गर्नेहरुलाई जोक छ लकडाउनमा।।
कर्मजीवी हातहरु मन्द छन् बन्दा बन्दीको कुहिरोभित्र।
सरकारलाई कर तिर्नै पर्नेहरुलाई झोक छ लकडाउनमा।।
ठूलाठालुहरु लाई त छुट छ नि यहाँ जहाँतहीँ डुल्नलाई।
हातमुख जोर्न श्रम गर्नेहरुलाई पो रोक छ लकडाउनमा।।
भोको पेटले गर्दा आत्महत्या गर्ने बढेका बढ्यै छन ।
गरीबको बस्तीमा बस्नेहरुलाई शोक छ लकडाउनमा
चिशंखुगढी -3ओखलढुंगा हाल: महाराजगंज, काठमाडौँ


