डा केसीलाई पुर्याइयो जबर्जस्ती ट्रमा सेन्टर

काठमाडौं, ६ असोज । त्रिभुवन बिश्वविद्यालय टिचिङ अस्पताल महाराजगन्ज हिंडेका अनशनरत डा. गोविन्द केसीलाई प्रहरीले ट्रमा सेण्टर पुर्याएको छ।

शिक्षण अस्पतालमा अनशन बस्न चाहेका केसीलाई प्रहरीले एरपोर्टबाटै बल प्रयोग गरेर ट्रमा सेन्टर पुर्याएको उनका सहयोगी प्रीतम सुबेदीले बताए । ट्रमा सेन्टर पुर्याइएपछि केसीलाई प्रहरीले एम्बुलेन्सभित्रै गएर तानेको थियो। प्रहरीले तान्दै गर्दा केसीले आफूलाई जबरजस्ती नगर्न आग्रह गरेका थिए।
प्रहरीले उनलाई कोरोना संक्रमणका कारण लान खोजेको बताएको थियो। तर केसीले आफू चिकित्सक भएकाले संक्रमणबारे जानकार भएको बताएका थिए।
जुम्लामा ८ दिनसम्म अनशन बसेका केसी नेपालगञ्ज हुँदै आजमात्रै काठमाडौं आएका हुन्। नियमित उडानमार्फत केसी काठमाडौं आएका हुन्। जुम्लामा अनसन बस्दा सरकाले आफ्ना मागको बेवास्ता गरेको तथा गत वर्ष बल प्रयोग गर्दा हिंसा भएकाले काठमाडौं आउनुपरेको केसीले बताएका छन्। १९ औं पटकको अनशनका क्रममा केसीले पुराना सहमतिको पालना, कर्णालीमा एमबीबीएसको अध्यन लगाएतका ६ बुदे माग राखेर अनशन सुरु गरेका हुन्। यसअघिका अनशन केसीले सरकारले माग पुरा गर्ने आश्वसन दिएपछि तोडदै आएका थिए।

