बिश्व कीर्तिमानी आङरिताको निधन

काठमाडौं,५ असोज ।बिना अक्सिजन १० पटक सगरमाथा आरोहणको बिश्व कीर्तिमान कायम गरेका पर्वतारोही आङरिता शेर्पाको निधन भएको छ ।

शेर्पाको सोमबार बिहान १० बजे निजी निवास जोरपाटीमा ७२ वर्षको उमेरमा निधन भएको हो। शेर्पा लामो समयदेखि विभिन्न रोगले ग्रसित थिए। शेर्पा हिम चितुवा उपनामले परिचित थिए। उनको जन्म सोलुखुम्बुमा भएको थियो ।

