ब्यापार गर्न काँग्रेसको लोगो र झन्डाको प्रयोग भैरहेको पौडेलको आरोप

काठमाडौं, ५ असोज । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको लोगो र झण्डालाई व्यापार व्यवसाय गर्नका लागि प्रयोग गर्ने क्रम बढेको आरोप लगाएको छन। गणेशनमान सिंहको स्मृति दिवसका अवसरमा प्रध्यापक बहस चौतारीले आयोजना गरेको अर्चुअल कार्यक्रममा वरिष्ठ नेता पौडेलले राजनीति जोडघटाउबाट राजनीति चलाउने भन्दा सिद्धान्तको राजनीति आवश्यक भएको बताउंदै सो आरोप लगाएका हुन। पौडेलले पार्टीको सवै नेता कार्यकर्ताले समाजवादी आचरण र व्यवहार देखाउनुपर्ने बताए । आउदो चुनाव जित्नका लागि काँग्रेसलाई समाजवादमा खरो उतार्नु आवश्यक भएको भन्दै अब कम्युनिष्टहरुसँग प्रतिष्पर्धाका लागि पार्टीको झण्डालाई व्यापारका लागि प्रयोग गर्न रोकेर समाजवादको बहसमा खरो उत्रनु आवश्यक रहेको धारणा राखे ।

पौडेलले कम्युनिष्टलाई सिद्धान्तको बहसमा उतार्न सकेमात्र काँग्रेसको जीत हुने बताए । उनले भने, ‘सिद्धान्तको लडाई नथाले कम्युनिष्टसँग प्रतिष्पर्धामा उत्रनै सकिँदैन् । उनीहरुसँग पैसा, राज्यसत्ता सवै छ । अब कम्युनिष्टलाई पररास्त गर्न सकिँदैन् ।’ पुँजीपति रिसाउँछ कि भनेर मोजाहिल्ला नगरि जनताले बुझ्ने भाषामा समाजवादको व्याख्या गर्नुपर्ने पौडेलको भनाई थियो । पौडेल भने, ‘काँग्रेसको समाजवाद भनेको गरिबको हितका लागि हो, दलितको पक्षमा हो, श्रमिकको साथी समाजवाद हो, किसानको विचार समाजवाद हो ।’
पौडेलले गरिबको हित सुरक्षा नगरि पुँजीपतिको सुरक्षा हुँदैन भन्ने विश्वास पुँजीपतिलाई दिलाउनुपर्ने बताउदै गाँउको विकासले शहरको व्यापार बढ्ने विश्वास दिलाउनुपर्ने बताए । उनले समाजवाद भनेको मान्छेलाई मान्छेको रुपमा हेर्ने दृष्टीकोण भएको पनि बताए । कार्यक्रममा प्रध्यापक डा. गोविन्दमान सिंह कार्कीले कार्यपत्र पेश गरेका थिए । सो कार्यपत्रमाथि नेपाल पत्रकार महासंघको पूर्व अध्यक्ष धर्मेन्द्र झाले कार्यपत्रमाथि टिप्पणी गरेका थिए ।

