काठमाडौंमा २ सय ६८ परिवारलाई सोताङ गाउँपालिकाको राहत, भोलि पनि बितरण गरिने



लावण फुयल
काठमाडौं,२९ जेठ। सोलुखुम्बु जिल्लाको सोताङ गाउँपालिकाले काठमाण्डौं उपत्यकामा अस्थायी बसोबास गरिरहेका २ सय ६८ घर भन्दा बढी पालिकाबासीलाई राहत वितरण गरेको छ ।
विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरसबाट बच्नको लागि सरकारले लामो समय गरेको लकडाउनको कारण काठमाण्डौं उपत्यकामा अप्ठ्यारामा परेका आफ्ना ५ वटै वडाका नागरिकहरुलाई गाँउपालिकाले राहत वितरण गरेको हो । गाँउपालिका अध्यक्ष बीर बहादुर राई नेतृत्वको टोली सो राहत वितरण गर्न काठमाण्डौं उपत्यका आउनुभएको हो। टोलीले प्रति परिवार १ बोरा चामल, ३ केजी दाल, १ केजी नुन र १ लिटर तेल राहतको रुपमा वितरण गरिएको बताइएको छ।
आफूले सोचेभन्दा बढी र गुणस्तरयुक्त राहत पाएपछि काठमाडौमा रहेका सोताङवासीहरुले गाउँपालिकाको नेतृत्व,कर्मचारी र स्वयमसेवकहरुप्रति खुलेरै आभार प्रकट गरेका थिए।
उपत्यकाका कपन,गोकर्ण,नयाँबस्ती, मुलपानी, जोरपाटी तथा चावहिल लगायत विभन्न स्थानहरुमा राहत वितरण गरिएको थियो। यो भन्दा अगाडी अति नै समस्यामा परेकाहरुलाई उद्धार गरी गाउँ लगिएपछि बाँकी काठमाडौंमा नै बस्न बाध्य भएकाहरुलाई खोजीखोजी राहत दिइएको हो ।
राहत साच्चिकै पीडित र दुखीहरुको हातमा पुग्न सकुन भनेर पालिका कर्मचारीसहितको टोली लिएर आफूहरु काठमाडौं आएको प्रमुख राईको भनाई थियो ।
आफूहरु आफ्नो नागरिकहरुको उद्धार कार्यको लागि एउटा स्वयमसेवकको रुपमा रहेर काम गर्न पाउदा साह्रै खुसी भएको युवा समाजसेवी तथा पर्यटन व्यावसायी लक्ष्मन मिसन कार्कीले बताउनुभयो। यो सङ्कटको अवस्थामा गाउँपालिकाले प्रशंसा गर्न योग्य काम गरेर जनताको मन जितेको बताउदै गाउँपालिकाका प्रतिनिधि लगायत स्वयमसेवक मित्रहरु सबै जना धन्यवादको पात्र रहेको र राहत वितरणभोलि पनि निरन्तर रहने युवा समाजसेवी कार्कीले वताउनुभयो।जेष्ठ ३० गते चक्रपथ, वनस्थली कलंकी, सातदेबाटो र भक्तपुर क्षेत्रमा राहत वितरण गर्ने भएको छ।
राहत लिन आउनु हुने नागरिकले सोताङ गाउपालिकाको आफ्नो परिचय खुल्ने कुनैपनि सरकारी कागजातहरु नगरिकता, ड्राइभिङ लाइसेन्स, मतदाता परिचय पत्र अथवा पासपोर्टको प्रतिलिपी अनिवार्य उपलब्ध गराउनु पर्नेछ । विद्यार्थीहरुको हकमा भने शैक्षिक प्रमाणपत्रको प्रतिलिपीलाई मान्यता दिइने छ ।
विपदमा परेका र राहत लिन छुट्नुभएका नागरिकहरुले आफुलाई पायक पर्ने क्षेत्रबाट राहत लिनका लागि तल दिइएका नम्बरमा सम्पर्क गर्नसकिने कार्कीले बताउनु भयो।
अध्यक्ष वीर बहादुर राई -9743007227
वडाअध्यक्ष तारा राई -9753007305
लक्ष्मन मिसन कार्की -9851115281
भद्रगोल किराती -9841523078
राज नाछिरिंग -9851166793
पेम्वाठिले शेर्पा -9803964735
सार्की शेर्पा -9860514217
रामकाजी तिवारी -9862930710
प्रतिक्रिया दिनुहोस्