सांसद बस्नेतद्वारा तिङ्लामा बिश्वकर्मा सामुदायिक भवन शिलान्यास

सोलुखुम्बु , ३ असोज । सोलुखुम्बु जिल्ला प्रदेश ‘क’ का सांसद उत्तम कुमार बस्नेतले साबिक तिङला गाबिसको वडा नं ५ मा निर्माण गर्न लागिएको बिश्वकर्मा सामुदायिक भवनको शिलान्यास गरेका छन।


हालको दुधकुण्ड नगरपालिका वडा नं ११ मा पर्ने बिश्वकर्मा बस्तीमा शनिबार आयोजित एक कार्यक्रमका बीच सांसद बस्नेतले सामुदायिक भवनको शिलान्यास गरेका हुन।भवन निर्माणका लागि सांसद बस्नेतले प्रदेश सांसद बिकास कोषबाट दस लाख रुपैयाँ उपलब्ध गराएको बताइएको छ।यहि आर्थिक बर्ष भित्र निर्माण सम्पन्न गरिने सो भवनमा बिश्वकर्मा गुठीको कार्यालय संगै विभिन्न सीपमूलक तालिम सन्चालन गर्ने योजना रहेको बताइएको छ।
१ सय ५ घरधुरी बिश्व कर्माहरुको बस्ती रहेको तिङलामा उनीहरूको सीप र कौशलका आधारमा परम्परागत सामानहरुको औद्योगिक ग्राम निर्माण गर्ने योजनाका साथ आफुहरु लागि परेको नेकपा सोलुखुम्बुका सचिवालय सदस्य शोभित बस्नेतले बताए।

शिलान्यास कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिकाकि उपमेयर कल्पना राई, नेकपा सोलुखुम्बु जिल्ला सचिवालय सदस्य सोभित बस्नेत लगायत स्थानीयको बाक्लो उपस्तिथि रहेको थियो।
यसैबीच , वडा नं ११ तिङलाको अर्को दलित बस्ती सार्की समाजलाइ उपमेयर राइले ३ सय मिटर खानेपानीको पाइप र २४ थान प्लास्टिकका कुर्सी उपलब्ध गराएको जानकारी पनि बस्नेतले गराए।

