एनआइसी एसियाको सांवा तथा ब्याजमा आकर्षक सहुलियत योजना



काठमाडौं, १ असोज । एनआइसी एसिया बैंकले कोभिड १९बाट ऋणीहरूमा परेको असर न्यूनीकरण गर्न भन्दै आश्विन मसान्तका लागि आकर्षक सहुलियत योजना ल्याएको छ ।
जस अनुरुप २०७७ श्रावण मसान्तसम्म ३ महिना वा बढीले बक्यौताको भाखा नाघेका कर्जाहरूको २०७७ आश्विन मसान्तसम्मको साँवा तथा ब्याज रकम सोही मसान्तभित्र चुक्ता भुक्तान गरेमा साविकको ब्याजदरलाई घटाई १ कार्तिक २०७७ देखि लागू हुनेगरी ८.९९ प्रतिशत ब्याजदर कायम गरिनेछ ।

यस बैंकबाट मासिक तथा त्रयमासिक किस्ताबन्दी कर्जाहरूका साथै चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि कर्जाहरू उपभोग गर्नुभएका सम्पूर्ण योग्य ग्राहक महानुभावहरूले यस योजनामा सहभागी भई समयमै अतुलनीय फाइदाको लाभ उठाउन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्