गजल




   -छवि बास्तोला

बिर्से गाउँका पाइला दरबार पुगेपछि
चमत्कार त्यो समृद्धि ठगदार पुगेपछि ।

आफ्नै लागि मरिमेट्ने बिर्सिएर अरुलाई
भुल्दछन् घोषणापत्र सरकार पुगेपछि ।

बेरोजगारी भोकमरी हत्या हिंसा जताततै ।
धैर्यताको बाँध फुट्छ अत्याचार पुगेपछि ।

शान्ति छैन अमनचयन भताभुङ्ग छ
गाउँ बस्ती जताततै मारामार पुगेपछि ।

प्रतिक्रिया दिनुहोस्