गजल



*विष्णु ढुङ्गेल ‘माइकल’

फाइदा हेरि गुनगान गाइन्छ मेरो देशमा ।
भ्रष्टाचार गर्दा इनाम पाइन्छ मेरो देशमा ।

डाडुपन्यू हातमा छँदा आसेपासे जम्मा गरि,
सेटिङमा सयौं करोडौं खाइन्छ मेरो देशमा ।

माटोसँग सिमेन्ट मुछि नयाँ भवन बनाई,
बाहिरबाट राम्रो रङ लाइन्छ मेरो देशमा ।

पाउ मोल्न कुराउनी र केराको काइयो बोकी,
पद खोज्दै नेताको घर धाइन्छ मेरो देशमा ।

लोकसेवा पास भई सरकारी जागिर खान,
कापी जाँच्ने आफन्तजन चाहिन्छ मेरो देशमा ।

स्यालले चल्लो लगे विरोध गरी टायर बाल्दै
हुल जुटाई सडकमा आइन्छ मेरो देशमा ।

राजनीतिमा वैकल्पिक नयाँ पुस्ता खोज्छौ भने,
बहरसँग बुढो गोरु दाइन्छ मेरो देशमा ।

चुनावमा नानाथरी भाषणबाजी गरे पनि,
काम होइन मुख मात्रै बाइन्छ मेरो देशमा ।

राहातको नाम गरि ठूलो हेलिकप्टर चढि,
झुल्न लागेको धानबारी साइन्छ मेरो देशमा ।

फाइदा हेरि गुनगान गाइन्छ मेरो देशमा ।
भ्रष्टाचार गर्दा इनाम पाइन्छ मेरो देशमा ।

डाडुपन्यू हातमा छँदा आसेपासे जम्मा गरि,
सेटिङमा सयौं करोडौं खाइन्छ मेरो देशमा ।

माटोसँग सिमेन्ट मुछि नयाँ भवन बनाई,
बाहिरबाट राम्रो रङ लाइन्छ मेरो देशमा ।

पाउ मोल्न कुराउनी र केराको काइयो बोकी,
पद खोज्दै नेताको घर धाइन्छ मेरो देशमा ।

लोकसेवा पास भई सरकारी जागिर खान,
कापी जाँच्ने आफन्तजन चाहिन्छ मेरो देशमा ।

स्यालले चल्लो लगे विरोध गरी टायर बाल्दै
हुल जुटाई सडकमा आइन्छ मेरो देशमा ।

राजनीतिमा वैकल्पिक नयाँ पुस्ता खोज्छौ भने,
बहरसँग बुढो गोरु दाइन्छ मेरो देशमा ।

चुनावमा नानाथरी भाषणबाजी गरे पनि,
काम होइन मुख मात्रै बाइन्छ मेरो देशमा ।

राहातको नाम गरि ठूलो हेलिकप्टर चढि,
झुल्न लागेको धानबारी साइन्छ मेरो देशमा ।
नेचा सल्यान-३, सोलुखुम्बु

प्रतिक्रिया दिनुहोस्