बौद्ध पर्यटक प्रबर्द्धन समिति गठन



काठमाडौं, २५ भाद्र ।बुद्धको जन्मस्थल लुम्बिनीलाई प्रचार गरी धेरैभन्दा धेरै बौद्ध पर्यटक भित्र्याउने योजनाका साथ बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीको संयोजकत्वमा बौद्ध पर्यटक प्रबर्दन समिति गठन गरिएको छ ।

लुम्बिनी तथा बुद्ध र बौद्ध धर्मसँग सम्बन्धित धार्मिक, पुरातात्विक र ऐतिहासिक सम्पदाको प्रवद्र्धन, बजारीकरण तथा प्रचारप्रसार गर्ने उद्देश्यले गठन गरिएको सो समितिको सह संयोजकमा पर्यटन व्यवसायी विक्रम पाण्डे रहेको पर्यटन बोर्डले जनाएको छ।समितिमा बुद्घ धर्म संस्कृतिका अध्येता प्रा डा रमेश ढुङ्गेल, डा सन्दुक रुइत लगायत पर्यटन क्षेत्रमा विशिष्ट पहिचान बनाएका व्यक्ति एवं पर्यटन सम्बद्ध संघसंस्थाका नेतृत्वसमेत सदस्यका रुपमा रहेका छन् ।

लुम्बिनी विकास कोषको पनि प्रतिनिधित्व रहेको उक्त समितिले बुद्घसँग सम्बन्धित अन्य स्थल तिलौराकोट, रामग्राम, देवदह, कुदान, गोटिहवा, निग्लिहवा र सगरहवाको प्रवर्धन ब्राण्डीङ, सौन्दर्यीकरण, प्याकेजिङ, अन्य वरिपरिका पर्यटकीयस्थलसँग जोड्ने कार्य तथा अन्तर्राष्ट्रिय बजारमा प्रचारप्रसारको ढाँचा तय गर्नेछ

प्रतिक्रिया दिनुहोस्