गजल



*छवि बास्तोला

नेता हाे ऊ तसर्थ हारेर पनि जान्छ
अाफ्ना विराेधीलाई मारेर पनि जान्छ ।

बेपत्ता छन् हजारौं खाेजी खै भएको छ?
जिउँदै वैतरणी तारेर पनि जान्छ।

नाटकमा झैँ नेताले पीडा बाँड्न खाेज्छ
गाेहीका जस्तै अाँसु झारेर पनि जान्छ।

खाेजी गर्ने बहाना प्रयास भा´काे छ रे
हुन्छ भन्दै समय टारेर पनि जान्छ ।

सदस्य हुन् या सांसद् किनबेच भा´कै छ
शत्रु अाफ्नाे पक्षमा पारेर पनि जान्छ।

*नेचासल्यान, सोलुखुम्बु

प्रतिक्रिया दिनुहोस्