गजल

*हिम श्रेष्ठ

उनी एकदिन नबोल्दा पनि कटक् मन खान्छ
खोजिन् कि भन्दै म भन्दा धनी कटक्क मन खान्छ
म पनि उस्तै छु फेरि हेर्नुस् शङ्कालु मन भाको
अर्कै सँग पो हिंड्देला भनी कटक्क मन खान्छ
मोटर साइकलको पछाडी बसि मारेर अँगालो
घुम्न जाँदा त्रिशुली- ककनी कटक्क मन खान्छ
यो सामाजिक संजालतिर सुनिने घटना जस्तै
जाला भनेर अर्कै कि बनि कटक्क मन खान्छ
बुढेसकालमा एक्लो यो अन्धकार जिन्दगी
तिमी बिना कसरी काट्ने कटक्क मन खान्छ
*तनहुँ ,हाल अफ्रिका

