गजल



*बाबुकाजी बासु

विकृति ले असर गर्दै छ किस्ता किस्तामा
हरेक व्यक्ति यहाँ मर्दै छ किस्ता किस्तामा।

नपाउँदा देश र जनता प्रति वफादार नेतृत्व
जन्ताहरू हरदिन डर्दै छ किस्ता किस्तामा।

विदेशीको चाकडी विना सत्ता सम्भव छैन
विदेशीकै एजेन्डा धर्दै छ किस्ता किस्तामा।

द्रौपदि को चीर हरण गरे जस्तै छिमेकि ले
मातृभुमि को चीर हर्दै छ किस्ता किस्तामा।

कपुतहरू ले हिन्दु धर्म हटाए,राजा हटाए
देश नै बेच्न अघि सर्दै छ किस्ता किस्तामा।

*कटुञ्जे,भक्तपुर (हाल ईजरायल)

प्रतिक्रिया दिनुहोस्