गजल




*बालकुमार क्षेत्री ‘साइनो’

करोडौको भिडमा चुन मलाई !
परेली भित्र अट्छु थुन मलाई !

एउटा जरुरी कुरा हेर भन्नुछ
बिन्ती एकपटक सुन मलाई !

तिम्रै सुर अति मीठो लाग्छ
सुनाउ बाँसुरीको धुन मलाई !

बल्ल व्यबहार हरु सिक्दैछु
धेरै लाग्छ पक्का हुन मलाई !

छरिएँ म सर्वत्र यत्रतत्र भएछु
स्नेहको धागोमा ऊन मलाई !!

*पैँयु गापा -४ ,पर्बत

प्रतिक्रिया दिनुहोस्