आइएमईले घर–घरमा रेमिटेन्स सेवा पुर्‍याउँदै



काठमाडौं,१६भदौ।आइएमईले घर–घरमै रेमिटेन्सको सुविधा पुर्‍याउने भएको छ । आइएमईले विदेशबाट पठाएको रकम प्राप्त गर्न आफूसँग आवद्ध सम्पूर्ण व्यवसायीक साझेदार (एजेन्ट पार्टनर) प्रत्यक्ष सहभागितामा आइएमई पे–मोबाइल वालेट एपलाई सशक्त बनाई रेमिटेन्सको सुविधा सिधै वालेटमा प्राप्त गर्ने प्रावधान सुरु गरेको हो ।

आइएमईले आइएमई पे मोबाइल वालेट एपबाट नेपालभित्र रहेका नेपालीलाई आफ्नो घर, आफ्नै कोठाबाट नै रेमिटेन्सको रकम प्राप्त गर्ने सुविधा दिँदै आइरहेको छ । रकम यसरी आफ्नो मोबाइल वालेटमा रहँदासम्म यो रकमको ब्याज र ५० रुपैयाँसम्मको बोनस पनि प्राप्त हुन्छ ।

नयाँ सुविधाअन्तर्गत आफूलाई स्वदेश वा विदेशबाट आएको रकम प्राप्त गर्नका लागि आइएमई पे वालेटको ‘रेमिटेन्स’ आइकनमा क्लिक गरी पैसा पठाएको ठाउँको नाम, मनी ट्रान्सफर कन्ट्रोल नम्बर र आएको रकम सुनिश्चित गरी सम्बन्धित फिल्डमा स्पष्टसँग भर्नुपर्छ ।
यी सबै सुविधा प्राप्त गर्नका लागि आइएमई पे एप डाउनलोड हुनुका साथै केवासी अध्यावधिक भएको हुनुपर्ने आइएमई ग्रुपले जानकारी दिएको छ । परिस्थिति सामान्य हुँदै गएको खण्डमा आफ्नो मोबाइल वालेटबाट पैसा सजिलै झिक्न पनि सकिन्छ । रकम लिँदै आएको एजेन्ट कहाँ गई सजिलै नगद लिन सकिन्छ । आइएमई पेमा भएको रकमलाई आफ्नो बैंक खाता वा अन्य कसैको बैंक खातामा पनि पठाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्