चार मुक्तक



*दुर्गा सारु

मुक्तक १

सालको पात गाँसेर सजाएको मनपर्छ।
घाँसेहरु घुँघुरामा लजाएको मनपर्छ ।
सभ्यता र संस्कृतिको संरक्षण गर्दै,
मुर्चुङगा, मादलु बजाएको मनपर्छ ।

मुक्तक २

यो कस्तो बाध्यता दु:ख पीडामा नाच्नु पर्ने
त्रास ओढेर मुर्दाघरको शान्तिमा बाँच्नु पर्ने
निमुखा कै पिठ्युँ चढेर सत्तामा पुगेकाहरू
बाँच्नका लागि पसिना विदेशमा जाँच्नु पर्ने

मुक्तक ३

समयले सेकेन्ड, मिनेट ,घन्टा गर्दै दिन सक्छ।
चिन्तामा घोत्लिँदा स्वणिर्म अवसर चिप्लिन सक्छ।
आफैंबाट सुरु गर्नुस् ,विचार बदल्नु छ भने
अरुलाई खाडल खन्दा आफैं पुरिन सक्छ ।

मुक्तक ४

अल्छ्याँइले कर्महिन बनाउँछ समय नासिन्छ।
कायरको जिन्दगी समस्याको दलदलमा भासिन्छ।
आकाश खसेपनि छातीले बोझ थाम्ने परिश्रमी,
सफलताको सोपान ,शिखर चुम्न आसिन्छ।

*चापाकोट नपा- ३
स्याङ्जा

प्रतिक्रिया दिनुहोस्