बृहत बाछिटा बाचन कार्यक्रम सम्पन्न



काठमाडौं,१४ भाद्र।बाछिटा प्रवर्तनको १ सय ११ औं दिनको अवसरमा राष्ट्रिय बाछिटा प्रतिष्ठान नेपालले बाछिटा वाचन कार्यक्रम सम्पन्न गरेको छ।

प्रतिष्ठानका अध्यक्ष खगेन्द्र वस्यालको अध्यक्षतामा शनिबार सम्पन्न बृहत बाछिटा बाचन कार्यक्रममा प्रत्यक्ष र प्रतिष्ठानका तर्फबाट समेत गरी करिव १५० जना बाछिटाकारहरुले प्रत्यक्ष तथा अनलाइनमार्फत आ-आफ्ना रचना प्रस्तुत गरेको बताइको छ।

प्रतिष्ठानका प्रमुख सल्लाहकार अमर त्यागीको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा बाछिटा प्रतिष्ठान नेपालका सल्लाहकार सहप्राध्यापक नारायण गैरे, नेपाल हाईकु संघका अध्यक्ष एवम् नेपाल प्रेस काउन्सिल नेपालका सदस्य चेतनाथ धमला, कालिगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानका अध्यक्ष चैतन्य कृष्ण जी को विशेष आतिथ्यता रहेको थियो।

प्रतिष्ठानका महासचिव बिष्णु भट्टराई विभु र सदस्य सावित्रा पाण्डेले सञ्चाल कार्यक्रममा स्वागत मन्तब्य सचिव नीरु गौतम र केन्द्रीय सदस्य एवम् अलङ्कार प्रतिष्ठानकी अध्यक्ष समेत रहेकि भारती न्यौपाने दाहालले धन्यवाद ज्ञापन गरेकी थिइन।

नेपाली साहित्यको पछिल्लो बिधा मानिने बाछिटा बाचनका लागि देश तथा विदेशबाट बाछिटा सर्जकहरुको उपस्थिति रहेको सो प्रतिष्ठानले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्