काठमाडौं उपत्यकामा झन्झन् बढ्दै कोरोना, २४ घण्टामै ४ सय १५ जना



काठमाडौं, १२ भाद्र। काठमाडौं उपत्यकामा एकै दिन ४ सय १५ जना कोरोना भाइरस संक्रमित भएका छन् ।

बितेको २४ घण्टामा काठमाडौं ३५०, ललितपुर ११ र भक्तपुरमा ५४ जना संक्रमित भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार यो सहित शुक्रबार देशभरबाट ९२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ९२७ जनामा संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । योसहित नेपालमा कोरोना संक्रमितको संख्या ३६ हजार ४५६ जना पुगेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्