गजल

-छवि बाँस्तोला
उपहार तिमीलाई फूल बोकी आएँ
मिलाई समय अनुकूल बोकी आएँ ।

सुसमाचारको निम्ता परैबाटै दिन
मृदुल् आवाज फुक्दै विगुल बोकी आएँ ।
झुम्मेलान् सुन्दरताको रसपान गर्न
किराबाट जोगाउन झुल बोकी आएँ ।
खडेरीले मानवताको ‘छवि’ सुक्ने भयो
कैलाश् गई सुधा जलको मूल बोकी आएँ ।
नेचा सल्यान, सोलुखुम्बु

